July 28, 2026, Tuesday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

चुनावमार्फत जनताले नेतृत्वलाई चुनौती दिने : लामिछाने

२०८२ माघ २७

260

काठमाडौँ, २७ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता जित्ने टिप्पणी गरेका छन् । मंगलबार परासी बजारमा सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

‘यसपटकको निर्वाचन नेताले जित्ने होइन, जनताले जित्ने हो,’ लामिछानेले भने, ‘चुनाव जितेपछि जनताले भनेको काम गर्न सकेन भने अर्को पटक सजाय दिने हो ।’

जनताले आफ्ना समस्या अब नेतालाई खोजेर भनिरहनु नपर्ने पनि उनले बताए । उनले भने, ‘जनताका समस्या नेताले आफै बुझ्नुपर्छ । आफै जनतासमक्ष पुगेर सुन्नुपर्छ ।’