July 29, 2026, Wednesday
२०८३ श्रावण १३
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुनचाँदीको मूल्य घट्यो

२०८२ फाल्गुन ४

265

काठमाडौं, ४ फागुन । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख दुई हजार आठ सय रुपैयाँ कायम भएको छ।

आइतबार सुन तोलामा तीन लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १२५ रुपैयाँले घटेर चार हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी तोलामा चार हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।