July 29, 2026, Wednesday
२०८३ श्रावण १३
Nepal 1:37:26 pm
Trending
जन आवाज

ज्ञानेन्द्र शाही : विधिको शासनका लागि सरकारलाई सहयोग रहने

२०८२ चैत्र १२

260

काठमाडौं, १२ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित सांसद ज्ञानबहादुर शाहीले रचनात्मक भूमिका खेल्न प्रतपक्षीको संख्या कम भए पनि केही नहुने बताएका छन् ।

सांसद पदको शपथ लिन सिंहदरबारस्थित संसद् भवन पुगेका उनले सञ्चारकर्मीसँग लकुरा गर्दै यस्तो बताएका हुन् ।

उनले देशले नयाँ नेतृत्व पाएको भन्दै विधिको शासनका लागि सहयोग गर्न तयार रहेको बताएका छन् ।

‘देशले नयाँ नेतृत्व दिएको छ । विधिको शासनका लागि के भूमिका खेल्नुपर्छ हामी सोहीअनुसार गर्छौं,’ उनले भने, ‘हामी सुशासनलाई स्वागत र भ्रष्टाचारलाई खबरदारी गर्छौं ।’