July 29, 2026, Wednesday
२०८३ श्रावण १३
Nepal 1:37:26 pm
Trending
जन आवाज

जनताको मुद्दा अघि बढाउन राप्रपाको सहकार्य : शाही

२०८२ चैत्र १२

250

काठमाडौं, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले देश र जनताको मुद्दालाई अघि बढाउन आफ्नो पार्टीको सहयोग हुने बताएका छन् ।

बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले मुलुकमा भ्रष्टाचार अन्त्यका साथै सुशासन कायम गर्नेसहित देश र जनताको मुद्दालाई अघि बढाउन आफ्नो पार्टीको सहयोग हुने बताएका हुन् ।

उनले अबको संसद् पहिलेको संसद् जस्तो नहुने आफ्नो विश्वास रहेको बताए । उनले अब बन्ने करिव दुई तिहाइ नजिकको सरकारलाई राप्रपाले सदैव खबरदारी गरिरहने धारणा राखे ।

उनले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।