July 27, 2026, Monday
२०८३ श्रावण ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

एमाले प्रदर्शनबाट पक्राउ परेकामध्ये ६ जना मुक्त, एक फरार अभियुक्त फेला

२०८२ चैत्र १५

315

काठमाडौं, १५ चैत । नेपाल एमालेको शनिबारको प्रदर्शनमा पक्राउ परेका मध्ये ६ जना रिहा भएका छन् ।

शनिबार पक्राउ परेका ६ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

शनिबारको प्रर्दशनमा भने ७ जना पक्राउ परेका थिए । पक्राउ परेका मध्ये विमल धमला नाम गरेका एक जनालाई भने हिरासतमै राखिएको एसपी भट्टराईले बताए ।

उनका अनुसार धमला शनिबारको प्रदर्शनमा गाडी फुटाउनेमा संलग्न देखिएको छ । अर्कोतर्फ भने उनीविरुद्ध दुई वटा बैंकिङ कसुरको मुद्दा पनि देखिएको एसपी भट्टराई बताउँछन् । उनलाई भने म्याद लिएर अनुसन्धान अघि बढाउने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।