July 26, 2026, Sunday
२०८३ श्रावण १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

कानुनी कारबाही: जातीय विभेदको आरोपमा महिला पक्राउ

२०८२ चैत्र १६

350

जुम्ला, १६ चैत । जुम्लामा जातीय विभेद गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् ।

जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीका अनुसार पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका-३ की कविता बुढा रहेकी छन् ।

उनीमाथि जुम्लाकै राजबहादुर सुनारमाथि जातीय विभेद गरेको आरोप छ ।

आइतबार जुम्ला सदरमुकाम कालेखोलीस्थित एउटा होटलमा राजबहादुर सुनारमाथि उनले अपशब्द प्रयोग गरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

घटनाको भिडियो बाहिरिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उनले बताए । उनका अनुसार पीडित पक्षबाट जाहेरी भने आइनसकेको छैन ।