वर्षमान प्रस्तावले राजनीतिमा हलचल, प्रचण्ड बोलेपछि के बदलियो?
काठमाडौं, १७ फागुन । नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोल्पाले लिबाङमा आयोजना गरेको बृहत् चुनावी सभाले प्रतिनिधिसभा निर्वाचनको माहोल तातेको छ। सभामार्फत पार्टीले वर्षमान पुनलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा औपचारिक रूपमा अघि सारेको घोषणा गरेको हो। सभालाई सम्बोधन गर्दै नेता झक्कु सुवेदीले पुनलाई पार्टी र मुलुकको नेतृत्व लिन सक्षम, अनुभवी र नीतिगत स्पष्टता भएका नेता...