थापाको धारणा : निर्वाचन एकमात्र विकल्प
काठमाडौं,१५ फागुन। कांग्रेस सभापति गगन थापाले जेन–जी आन्दोलनपछि देशलाई स्थिरतामा राख्न चुनाव अनिवार्य सर्त भएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित कर्णाली प्रदेशस्तरीय चुनावी सभामा उनले निर्वाचन सफल पार्न कांग्रेस लागिरहेको बताए ।‘योभन्दा अर्को विकल्प थिएन र अहिले छैन । त्यस कारणले गर्दा डे वानबाटै, पहिलो दिनबाटै, चुनाव घोषणा भएको दिनबाटै दायाँबायाँ नगरीकन, चुनावको परिणामको चिन्ता नगरीकन...