नेपाल पत्रकार महासंघको प्रभात फेरी, जनचेतना सन्देश
काठमाडौं, १६ चैत । नेपाल पत्रकार महासंघले प्रभात फेरी कार्यक्रम आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ ७१ औं वर्षमा प्रवेश गरेको अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो । “मर्यादित पत्रकारिता सुुरक्षित पत्रकार श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार ”भन्ने मूल नारा सहित उक्त दिवस मनाइदै छ । २०१२ चैत १६ गते नेपाल पत्रकार संघ...