अध्यक्ष झाले राससको जिम्मेवारी छोड्दै राजीनामा
काठमाडौँ , १६ चैत । राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । उनले आजका मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । ‘हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात् गरेको छु । नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु र सरकारको सफलताको कामना गर्दछु,’ झाले राजीनामामा लेखेका छन्, ‘यस...