दलित समुदायप्रति राज्यको औपचारिक क्षमायाचनाको घोषणा
काठमाडौं, १५ चैत । सरकारले दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि विगतमा राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय र विभेदप्रति औपचारिक रूपमा क्षमायाचना गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मार्फत सरकारले यस्तो घोषणा गरेको हो। सरकारले सार्वजनिक गरेको कार्यसूचीको बुँदा नम्बर ५ मा दलित समुदायले लामो समयदेखि...