दार्चुलाको दुम्लिङमा हर्क साम्पाङले गरे झोलुङ्गे पुलको शिलान्यास
धनगढी : प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुला पुगेर पुलको शिलान्यास गरेका छन् । उनले ब्यास गाउँपालिका–२ स्थित दुम्लिङमा रहेको घट्टेखोलामा झोलुङ्गे पुलको शिलान्यास गरेका हुन् । नेपाल–भारत सीमा नदी महाकालीमा पुल निर्माणको चर्चा भइरहेकोमा सीमा नजिकै रहेको खोलामा पुलको शिलान्यास गरिएको हो । श्रमदान गरेरै पुल निर्माण गर्ने योजना रहेको...