होर्मुज जलडमरुमा तनाव, युद्ध अन्त्यको सम्भावना
वासिङ्टन डीस,३ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानसँग जारी युद्ध अन्त्यका लागि सम्झौता हुनेमा बुधबार आशा व्यक्त गरेको छ। फेब्रुअरीको अन्त्यतिर इजरायलसँग मिलेर सुरु गरिएको यो युद्ध अब लगभग अन्त्यको नजिक पुगेको ट्रम्पको दाबी छ। यद्यपि, अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको सैन्य नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धहरूलाई भने अझै खुकुलो पारेको छैन। ह्वाइट हाउसकी...