काँग्रेसका उम्मेदवार शाहको प्रतिबद्धता पत्र सार्वजनिक, धनगढीलाई महानगर बनाइने।
धनगढी ः धनगढीलाई महानगरपालिका बनाउने घोषणा सहित कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका उम्मेदवार नरनारायण शाह (मनु)ले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा शाहले नीतिगत सुधारसँगै जनताको काम गर्न र गुनासो सुन्न धनगढीमा सांसद सचिवालय स्थापना गर्ने बताए। निर्वाचितपछि जनताका गुनासो सुन्न कर्मचारीसहितको सचिवालय स्थापना गर्ने...