अन्तरिम मन्त्रिपरिषद् विस्तार : घिसिङ, अर्याल र खनाल मन्त्रीमा
काठमाडौँ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बेलुकी मन्त्रिपरिषद् विस्तार गर्दै तीन जनालाई मन्त्रीमा नियुक्त गरेकी छन् । ती मन्त्रीहरूले सोमबार शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिइएको छ । गृह तथा कानुन मन्त्रालयको नेतृत्व कानुनविद् ओमप्रकाश अर्यालले गर्ने भएका...