प्रतिनिधिसभा निर्वाचनः काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै
काभ्रेपलाञ्चोक, २५ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट एक पुराना उम्मेदवारसहित २४ जनाबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचनमा १६ दल र आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ मा पुराना र नयाँ दलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।...