August 4, 2026, Tuesday
२०८३ श्रावण १९
Nepal 1:37:26 pm
Trending
जन आवाज

बंगलादेशमा आज संसदीय निर्वाचन र जनमत संग्रह

२०८२ माघ २९

285

एजेन्सि,२९ माघ । बंगलादेशमा विद्यार्थी आन्दोलनपछि पहिलो पटक बिहीबार एकसाथ जनमत संग्रह र संसदीय निर्वाचन हुँदै छ । शासन प्रणालीमा सुधार गर्ने लक्ष्यले ल्याइएको ‘जुलाई बडापत्र २०२५’ लाई स्वीकार गर्ने वा नगर्ने फैसला मतदाताले जनमत संग्रहमार्फत गर्नेछन् ।

त्यसैगरी, ६० राजनीतिक दलको सहभागितामा संसदीय निर्वाचन पनि हुँदै छ । संसद्का कुल ३ सय ५० सिटमध्ये ३ सय स्थानमा प्रत्यक्ष मतदान हुनेछ । ५० सिट महिलाका लागि आरक्षित छ । पार्टीले पाएको मतभारका आधारमा उक्त सिटमा उम्मेदवार पठाइनेछ । बंगलादेशको निर्वाचन आयोगका अनुसार १२ करोड ७० लाख जनाले मतदाता सूचीमा नाम लेखाएका छन् । उनीहरूले देशभरका ४२ हजार ७ सय ७९ वटा मतदान केन्द्रबाट भोट खसाल्नेछन् ।

बंगलादेशको स्थानीय समयअनुसार बिहान ७ः३० देखि साँझ ४ः३० सम्म मतदान केन्द्र खुला हुनेछन् । विदेशमा रहेकाहरूले पहिलो पटक मतदान अधिकार पाएका छन् । उनीहरूले ‘डिजिटल पोस्टल भोटिङ’ प्रणालीमार्फत आफ्नो मत दिनेछन् । १ सय २२ देशमा रहेका ७ लाख ६१ हजार १ सय ४२ बंगलादेशी नागरिकले मतपत्र लिएको निर्वाचन आयोगले जनाएको छ ।