November 4, 2026, Wednesday
२०८३ कार्तिक १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

‘विमानमा समस्या छ’ भन्दै सहचालकको आपत्कालीन सन्देश, केही क्षणमै दुर्घटना

२०८३ कार्तिक १७

70

अमेरिकाको फ्लोरिडामा विमान दुर्घटनाअघिको अन्तिम संवाद सार्वजनिक भएको छ। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) का अनुसार उडानका क्रममा विमानमा हिउँ जम्नुका साथै तीव्र हावाको सामना गर्नुपरेको थियो।

दुर्घटनाको केही क्षणअघि सहचालकले विमान तीव्र गतिमा तल झरिरहेको भन्दै आपत्कालीन सन्देश दिएकी थिइन्। त्यसपछि विमान दुर्घटनामा परेको बताइएको छ।

घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ।

भर्खरै