दार्चुला : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट अपिहिमाल पर्यटन महोत्सवमा सहभागी हुने भएका छन्।
कार्तिक १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत कार्तिक १७ गते आयोजना हुने सांस्कृतिक कार्यक्रममा मुख्यमन्त्री भट्टलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको अपिहिमाल गाउँपालिका अध्यक्ष भगत ठकुर बोहराले जानकारी दिए।
पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको महोत्सवमा अपिहिमाल गाउँपालिकाले करिब १० हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको अध्यक्ष बोहराले बताए।


