November 4, 2026, Wednesday
२०८३ कार्तिक १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

धनगढीमा भारतीय नागरिकको समूह घरघरमा बाजा बजाउँदै पैसा माग्दै, स्थानीयमा सुरक्षा चिन्ता

२०८३ कार्तिक १३

150

धनगढी । कैलालीको धनगढीका विभिन्न टोल तथा बस्तीमा भारतबाट आएका भनिएका व्यक्तिहरू समूह बनाएर बाजा बजाउँदै घरघर तथा पसलपसलमा पुगेर पैसा माग्न थालेपछि स्थानीयले सुरक्षा चिन्ता व्यक्त गरेका छन्।

स्थानीयका अनुसार यस्ता समूहहरू बाजासहित बस्तीमा प्रवेश गर्ने, घर तथा पसलमा पुगेर पैसा माग्ने गरेका छन्। बजार क्षेत्र हुँदै गाउँ–बस्तीमा समेत उनीहरूको आवतजावत बढेपछि स्थानीयले सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन्।

अपरिचित व्यक्तिहरू समूह बनाएर घरघरमा पुग्ने क्रम बढ्दा चोरी तथा अन्य आपराधिक गतिविधिको जोखिम हुन सक्ने स्थानीयको आशंका छ। यद्यपि, पैसा माग्दै हिँड्ने व्यक्तिहरू कुनै आपराधिक गतिविधिमा संलग्न रहेको पुष्टि भएको छैन।

स्थानीयले उनीहरूको वास्तविक परिचय, नेपाल प्रवेशको अवस्था र यसरी घरघरमा पुगेर पैसा माग्नुको उद्देश्यबारे प्रहरीले आवश्यक छानबिन गरी स्पष्ट पार्नुपर्ने माग गरेका छन्।

धनगढीमा बढ्दो यस्तो गतिविधिमाथि सुरक्षा निकायले समयमै निगरानी नबढाए समस्या थप जटिल हुन सक्ने स्थानीयको भनाइ छ।

भर्खरै