सांसद दुलालले बाँदर नियन्त्रणदेखि बाढी जोखिमसम्मका विषय उठाए
काठमाडौं,३० चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार बागमती प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले सोमबार दिउँसो बागमतीका सांसदहरूसँग छलफल गरेका हुन् । प्रधानमन्त्री शाहले चालु आर्थिक वर्षभित्र आ–आफ्ना क्षेत्रमा गर्न सकिने र गर्नुपर्ने कामहरू प्रस्तुत गर्न सांसदहरूलाई भनेका थिए । सोही अनुसार, देशैभरका सांसदहरूसँग प्रदेशगत रुपमा...