चन्द्रमाको कक्षा पार गरेर फर्कियो मानव मिशन, आर्टेमिस–२ सफल
वासिङ्टङ,२८ चैत । चन्द्रमाको परिक्रमा गरेर करिब १० दिनको अन्तरिक्ष यात्रापछि आर्टेमिस-२ मिसनका ४ जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किएका छन्। शुक्रबार उनीहरू चढेको ओरायन क्याप्सुल प्रशान्त महासागरमा अवतरण भएको हो। आधा शताब्दीभन्दा बढी समयपछि मानिसलाई चन्द्रमाको नजिक पुर्याएर सकुशल पृथ्वीमा फर्काउने यो पहिलो ऐतिहासिक मिसन थियो। नासाको इन्टिग्रिटी नाम दिइएको गमड्रप आकारको ओरायन क्याप्सुल...