धनगढीको फूलबारीका किसानको गहुँबालीमा आगलागी
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१४, फूलबारीस्थित बिगाउँमा आगलागी हुँदा एक स्थानीय कृषकको ठूलो क्षति भएको छ। स्थानीय डम्मरराज ओझाको खेतमा थ्रेसिङका लागि थुपारेर राखिएको करिब १० कट्ठा गहुँबालीमा आगलागी हुँदा सम्पूर्ण बाली जलेर नष्ट भएको हो। स्थानीयका अनुसार बालबालिकाले खेल्ने क्रममा सलाई प्रयोग गर्दा आगो लागेको आशँका गरिएको छ। आगलागीपछि स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा...