चैतन्यका सद्भावना दूत शाहको राजिनमा व्याक्तिगत कुरा संस्थासँग नजोड्न आग्रह
धनगढी – चैतन्य पाठशालाले आफ्ना पूर्व कर्मचारी भरत विक्रम शाह जेन–जेड आन्दोलनमा संलग्न भएको विषयमा आएको विभिन्न प्रतिक्रिया र सामाजिक सञ्जालमा गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रवार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा विद्यालयले शाहको संलग्नता नितान्त व्यक्तिगत भएको र यसलाई संस्थासँग जोडेर व्याख्या नगर्न सबैमा आग्रह गरेको छ। पाठशालाले शाह स्वयंले पनि आफू अहिले...