चैतन्य पाठशालाबाट जिल्ला प्रशासन कार्यालय कैलालीलाई सहयोग
धनगढी– धनगढी उपमहानगरपालिका–५ शिवनगरस्थित चैतन्य पाठशालाले सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाको प्रमुख सरकारी निकाय जिल्ला प्रशासन कार्यालय, कैलाली लाई कम्प्युटर सेट र टेबल सहयोग स्वरूप प्रदान गरेको छ। जेन जी आन्दोलन पश्चात् भएको क्षतिले प्रशासनका सेवा अवरुद्ध भएका थिए । विद्यालयले प्रशासनिक कार्यसम्पादनलाई सहज बनाउन र प्रविधिमुखी सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ ३ वटा कम्प्युटर सेट र...