इजरायल र हमासबीचको पहिलो वार्ता सकारात्मक, विपिन जोशी रिहाइ नजिक
काठमाडौँ– इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच सुरु भएको अप्रत्यक्ष वार्ताको पहिलो दिन ‘सकारात्मक’ माहोलमा सम्पन्न भएको इजिप्टेली अधिकारीहरूले बताएका छन्। यस वार्ताले गाजामा जारी युद्धविराम र बन्धक व्यक्तिको सम्भावनामा नयाँ आशा जगाएको अलजजीराले जनाएको छ । नेपालका विपिन जोशीसहितका बन्धक रिहाइलाई पहिलो प्राथमिकता बनाएको वार्तामा प्रत्यक्ष रुपमा इजराइल र हमासका प्रतिनिधिहरु एउटै कोठामा उपस्थित थियनन्...