बाजुरामा जिप दुर्घटना: तीन जनाको मृत्यु, १६ जना घाइते
बाजुरा — बाजुराको हिमाली गाउँपालिकाबाट धुला चौरतर्फ जाँदै गरेको यात्रुवाहक जिप चुइनीकोइरालाको भीरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। बा.प्र.०३–००१ज–०३३८ नम्बरको उक्त जिप हिमाली गाउँपालिका–५, किउडीबाट छुटेर धुला चौरतर्फ जाँदै गर्दा चुइनीकोइरालामा अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परी हिमाली गाउँपालिका–५ की ७६ वर्षीय बाचा रोकाया,...