फरवेस्टर्न राइडर्सको आयोजना र निसर्ग अस्पतालको सहकार्य ‘ओल्के हेरिटेज राईड २०८३’ आयोजना हुँदै
धनगढी- सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान बोकेको ओल्के (त्यार) पर्वको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले ‘ओल्के हेरिटेज राईड २०८३’ आयोजना हुने भएको छ। फरवेस्टर्न राइडर्सको आयोजना तथा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा हुन लागेको उक्त सामूहिक साइकल यात्रा श्रावण ३० गते शनिबार बिहान ७ बजेदेखि सुदूरपश्चिमका विभिन्न स्थानबाट एकैसाथ सञ्चालन...