कर्णाली नदीमा बगेका भण्डारीको शव कैलालीमा फेला
धनगढी : कर्णाली नदीमा बेपत्ता भएका बाजुराको त्रिवेणी नगरपालिका–३ पुभुतीका रामबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन्। रामबहादुर असार ३१ गते सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–१ स्थित कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। त्यसयता नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा निरन्तर खोजी कार्य सञ्चालन गरिएको थियो। कैलालीको टीकापुर नगरपालिका–८ वनगाउँ नजिक कर्णाली नदीमा...